बुटवल,१ बैशाख ।
आजबाट विक्रम संवत २०८१ साल आरम्भ भएको छ । नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा आज नयाँ वर्ष मनाइदैंछ ।

वर्षको पहिलो दिनका अवसरमा आपसमा शुभभावना, शुभचाहाना सहित देशभर नेपालीहरुले नयाँ वर्ष मनाउने गरिन्छ ।

विदेशमा रहेका नेपालीहरुले पनि आजको दिन नयाँ वर्षलाई उत्साहपूर्ण ढंगबाट मनाउँदैछन् ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवन सुरु भएको मानिन्छ ।

आजका दिन व्यक्तिले पूराना नमिठा पललाई बिर्सिएर नयाँ प्रण गर्ने दिनका रुपमा पनि लिइन्छ ।

नयाँ बर्षकाे अवसरमा आज पाल्पाको तानसेन स्थित श्रीनगर डाडामा पारिवारिक तथा सामुहिक बनभाेज खानुका साथै सांगीतिक कार्यक्रम मार्फत मनाेरञ्जन लिने प्रचलन रहेको छ ।