पाल्पा,३० चैत ।
नेपाली कांग्रेस पाल्पाको आयाेजना तथा नेपाली लेखक संघ पाल्पाकाे संयाेजनमा नयाँ बर्ष २०८१ काे अवसरमा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली लेखक संघ पाल्पामा आवद्व साहित्यकारहरूसँग भेटघाट गर्ने,साहित्यक रचना सुन्ने एवम शुभकामना आदान प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रम आयाेजना गरिएको नेपाली कांग्रेस पाल्पा ले जनाएको छ । कार्यक्रममा करिब ४० जना साहित्यकारहरूले रचना वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका पुर्व सभापति राजन प्रसाद पन्तले नेपालकाे राजनीतिक घटनाक्रम हेर्दा अराजकता तर्फ धकेलिएको बताए । राजनीति गर्ने नेताहरू अब सुध्रिन जरुरी रहेको भन्दै उनले नेपाली कांग्रेसका सस्थापक विपि काेइराले प्रतिपादन गरेको सिद्वान्त र बाटाेमा हामी कति अडिक र ईमान्दार छाै भन्ने समिक्षा हुन जरूरी रहेको बताए । उनलेे पाटीलाई विपिले देखाएकाे बाटाेमा हिडाउन र सुदृढिकरण गर्दै सहि बाटाेमा लैजानुपर्नेमा जाेड दिए ।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले
नेपाली कांग्रेसका सस्थापक विपि काेइराला पनि आफैमा साहित्यकार रहेकाे स्मरण पार्टीले नेपाली लेखक संघमा आवद्व साहित्यकारहरूकाे सिर्जना सुन्ने र साहित्यकारहरूबाट प्राप्त सल्लाह र सुझावलाई लिई पाटीकाे गतिविधिलाई अगाडि बढाउन कार्यक्रम आयाेजना गरेको बताए ।

नेपाली लेखक संघमा आवद्व साहित्यकारहरूकाे लागि पार्टीले गर्नुपर्ने सहयोग गर्ने बताउदै सभापति श्रेष्ठले साहित्यकाे क्षेत्रबाट पाटीलाई दिनुपर्ने सल्लाह सुझाव दिई मार्गदर्शन प्रदान गर्न आग्रह गरे ।

साहित्यकारहरू समाजकाे ऐना भएको भन्दै उनलेे सिर्जनाकाे माध्यमबाट समाजकाे यथार्थ प्रस्तुत गर्ने भएकोले उनिहरूलाई समाजका ऐना भनिएको बताए ।

कार्यक्रममा नेपाल भुपु सैनिक संघका केन्द्रीय अध्यक्ष मेघराज टेन्डनले साहित्यकारहरूले आफ्ना रचना मार्फत पार्टीलाई रचनात्मक सुझाव दिनुपर्नेमा जाेड दिए ।

साे अवसरमा वरिष्ठ साहित्यकार हेमनाथ शर्मा,विश्व नेपाली
साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष भावना खनाल,साहित्यकार समेत रहेका नेपाली कांग्रेस पाल्पाका पुर्व सचिव माधव नेपाल,पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गाेपाल सिंह,नेपाली लेखक संघका सल्लाहकार सदस्य एवम पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर राज रेग्मी,नेपाली लेखक संघका सल्लाहकार एवम प्रदेश प्रतिनिधि डाक्टर शंकर प्रसाद गैरे,विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पा अध्यक्ष रमा पन्त,साहित्यकारहरू चित्रवलि राम सुवाल,महेन्द्र पन्थी,साैन्दर्यवती शाक्य,जानकी अधिकारी,टंक प्रसाद न्याैपाने, मिना पन्थीलगायत ४० जना स्रष्टाले आ आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार हेमनाथ शर्मालाई सम्मान गरिएको थियो ।

नेपाली कांग्रेस पाल्पाका सचिव सुनिता अधिकारीले स्वागतमा भएको कार्यक्रम नेपाली लेखक संघ पाल्पाका अध्यक्ष गाेविन्द खनालकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाकाे सभाहलमा भएको कार्यक्रममा साहित्यकारहरूले देशकाे वर्तमान राजनीतिक परिस्थिति,पुर्वाधार विकास,युवा शक्तिकाे पलायन,नेपाली कांग्रेस पाटीले अबलम्बन गर्नुपर्ने विषयबस्तुमा केन्द्रीकृत रहि रचना बाचन गरेका थिए ।