बुटवल,३० चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री महराले विश्वासको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री महराकाे पक्षमा ४८ जना प्रदेश सभा सदस्यहरुले विश्वासकाे मत दिए भने बिपक्षमा २८ मत परेको थियो ।
सभाभा सभामुख घर्तीले मुख्यमन्त्री विश्वासको मत प्राप्त भएको घोषणा गर्दै महरालाई बधाई दिएका थिए । प्रदेशसभाको बैठक बैशाख २ गते बस्ने गरि स्थगित भएको छ ।
यसअघि प्रदेश सभामा आफुलाई विश्वासकाे मत दिन आग्रह गर्दै मुख्यमन्त्री महाराले म भन्ने भावनाबाट नभै हामी भन्ने भावनाबाट प्रदेश सरकार संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । विकासको वार्षिक क्यालेण्डर बनाएर अगाडी जाने बताउँदै उनलेे सबैको भावनालाई समेटेर सरकार संचालन गर्ने आश्वासन दिए । उनले निरासाबादमा रुमल्लिएकाहरुले दुनिया बदल्न नसक्ने उनले बताए । यथास्थितीबादबाट परिवर्तन हुन नसक्ने उल्लेख गर्दै उनले आफुहरु नयाँचिज प्राप्त गर्न निरन्तर बिद्रोह गर्न तयार रहेको बताए ।









