काठमाडौ,२५ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई र दिल्ली तथा लखनउ र गुजरात खेल्दैछन् । आजको दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा पुछारका दुई टोली मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।
यो सिजन मुम्बईले लगातार तीन खेलमा हार ब्यहोरेको छ । अङ्क तालिकामा मुम्बई पुछारमा रहेको छ । त्यस्तै दिल्ली क्यापिटल्सले चार खेलमा एक मात्रै जितेको छ । दिल्ली पुछारबाट दोस्रो स्थानमा परेको छ ।
आजको दोस्रो खेलमा बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुदै छ । लखनउले तीन खेलमा दुई जित र गुजरातले चार खेलमा दुई जित निकालेको छ ।
गएराति भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) लाई छ विकेटले हराएकाे थियो । जितपछि राजस्थान चार खेलमा शतप्रतिशत नतिजासहित अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।








