काठमाण्डौ,२१ चैत ।
ञे्भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० त्रिकोणात्मक शृङ्खलामा नेपालले आज गुजरातसँग खेल्दैछ । नेपाली समय अनुसार आज दिउँसो पौने ३ बजे गुजरातको वापीमा रहेको साई मेघपन मैदानमा खेल शुरु हुनेछ । हिजोको खेलमा नेपालले भारतको बरोडालाई २७ रनले हराएको थियो ।

यसअघि गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलामा पर्सि शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ ।

फाइनल खेल आउँदो २५ गते आइतवार हुनेछ ।