कास्की,१७ चैत ।
दुर्घटनामा परेर सडकमा ठाडै उभिएकाे यात्रुबाहक बसकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
पोखराको लेखनाथ अर्चलेमा ब्रेक फेल भएर भएको भनिएको बस दुर्घटनाको दृष्य सामाजिक सञ्जालमा एकाएक भाइरल भएको हो । सो दुर्घटनाबाट दुई जना घाइते भएका छन् । आरुपाटाबाट पोखरा आउँदै गरेको लेखनाथ क्षेत्रको ग१ख ८६८० नम्बरको बस अर्चलेमा ब्रेक फृल भएर सडकमा ठाडो हुन पुगेको हो ।
बसमा रहेका दुईजनामा घाइते भएका छन् । दुर्घटना भएको बसमा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदीमात्र थिए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । दुर्घटनामा परेको बसकाे तस्वीर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।








