काठमाडौं,८ चैत ।
फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा आज नेपाल बहराइनसँग भिड्दै छ । नेपाल र बहराइनबीचको खेल बहराइन राष्ट्रिय रंगशालामा आज राति १२:४५ बजेदेखि सुरु हुनेछ ।

यो खेल नेपालमै हुने तालिका रहेपनि दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो । पहिलो चरणमा लाओसलाई समग्रमा १-० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ। नेपाल पहिलो खेलमा यूएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो ।