Share this News on Social Networking Pages

गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्रीले नै जोगाउन खाेजेकाे आरोप

बुटवल,७ चैत ।
नेपाली कांग्रेसका बरिस्ठ नेता डा. शेखर कोइरालाले
सुन तस्करी काण्डमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेकै दिन साेहि काण्डमा पक्राउ परेका अन्य आराेपि धराैटीमा छुट्नु आश्चर्यजनक भएको बताएका छन् ।

प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समितिले बुधबार बुटवलमा आयोजना गरेको बुद्धिजीवीहरूसँगकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै बरिस्ठ नेता काेइरालाले महरा पक्राउ परेकै दिन सुन तस्करी काण्डमा पक्राउ परेका अन्य आराेपि छुट्नुकाे रहस्य पत्ता लगाउन जरुरी रहेको बताए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछाने र प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको कुरा बाझिएको भन्दै उनलेे सहकारीको सदस्य नभएको मान्छेले सहकारीबाट रकम लिनु आफैमा गैरकानुनी भएको दाबी गरे ।

उनलेे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागेको दाबी गरे ।

सुशासनको दुहाई दिने प्रधानमन्त्री प्रचण्डले आफ्नो मन्त्रीपरिषदका सदस्य माथि लागेको आराेपकाे बारेमा छानबिन गर्ने कुरामा हिच्किचाउनु जायज नभएको उनको भनाइ थियो ।

मुलुक अस्थिरताकाे कारक बर्तमान संविधान भएको भन्दै उनलेे प्राप्त उपलब्धिहरूलाई बचाउदै संविधानलाई समयानुकूल परिमार्जन गर्ने बिषयमा छलफल आवश्यक रहेको बताए ।