बागलुङ,५ चैत ।
रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुदा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।

घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको विकले जानकारी दिए ।