बुटवल,३ चैत ।
गायक बिष्णु सिंजाली मगरको नयाँ गीत “बारिमा गिदरी” बोलकाे गीत सार्बजनिक भएको छ ।

बजारमा यतिबेला बिभिन्न खाले लोक गीतहरू सार्वजनिक भैइरहेका बेला सिंजाली मगरको नयाँ गीत “बारिमा गिदरी” बोलकाे गीत सार्बजनिक भएको हो ।

केही महिना अघि पन्चेबाजा गीत दर्सक श्रोताले अत्याधिक मन पराएको भन्दै उनलेे यो गीतले पनि पहिलाको जस्तै दर्शक स्राेताले धेरै माया पाउने बिश्वास ब्यक्त गरे ।

यस्तो किसिमको गीत दर्शक श्राेताले मन पराउने भएकाले यो गित निकाल्न सफल भएको उनको भनाइ छ ।

बिष्णु सिंजाली मगर र रितु साहीको आबाज रहेको गीत हेर्दा राम्रो र सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको उनलेे बताए ।

गितकाे शब्द संगीत रमेश परियारले गरेका छन् भने माेडलमा बिमल अधिकारी र भुमिका चेपाङ लाई देख्न सकिन्छ ।

गुरु आमा (स्मृति तिमल्सिनाले) निर्देशन गरेकाे गीतकाे म्युजिक भिडियो बिष्णु सिन्जाली मगर युटुव च्यानल बाट सार्वजनिक भएको हो ।

कलाकारहरुलाई यतिबेला गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ ।