बुटवल,११ साउन ।
जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले राजिनामा दिएका छन् ।
उनलेे साेमबार सामाजिक सञ्जाल मार्फत पार्टीका केन्द्रीय अध्यक्ष डा. सी.के.राउतलाई राजिनामा दिएका हुन् ।
आफू जनमत पार्टीको राष्ट्रिय सचिव पदमा रही पार्टी संगठनको सुदृढीकरण,जनताको अधिकारको संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनका लागि आफ्नो क्षमता र सामर्थ्यअनुसार बिगत डेढ दशक देखि निरन्तर योगदान पुर्याउँदै आएको स्मरण गर्दै राजिनामा पत्रमा पार्टीभित्रको आन्तरिक लोकतन्त्र,पारदर्शिता, समान व्यवहार तथा संगठनात्मक मर्यादाका विषयमा समेत गम्भीर असहजता उत्पन्न भएको अवस्थामा आफ्नो आत्मसम्मान,राजनीतिक मूल्य–मान्यता तथा व्यक्तिगत विवेकलाई ध्यानमा राख्दै जनमत पार्टीको राष्ट्रिय सचिव पदबाट आजकै मितिदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा दिएको जनाएका छन् ।
पछिल्लो समय पार्टीभित्र उत्पन्न भएका विभिन्न राजनीतिक, संगठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिहरूका कारण आफ्नो पदमा रही प्रभावकारी रूपमा कार्यसम्पादन गर्न कठिनाइ उत्पन्न भएको महसुस गरेको उनलेे उल्लेख गरेका छन् ।







