धरान,१ चैत ।
धरानबाट घोरेटार जादै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जादै गरेको बोलेरो जीप उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । जीपमा १४ जना सवार रहेको बताइएको छ ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आए लगत्तै स्थानीयहरूसँग समन्वय गरी उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए । मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन ।

घटनास्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।