धनगढी,१७ फागुन ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट ६० वर्षीय पुरूष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरी रहेका छन् ।
उनलाई बालिका बलात्कारको आरोपमा बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको बारेछ थप अनुसन्धान भश्ररहेको प्रहरीले जनाएको छ ।









