बुटवल,१० फागुन ।
इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० मा लाइभ दोहोरी पब्लिक च्वाइस बाट प्रत्यक्ष दोहोरी गायकबिधाकाे अवार्ड गायक मोडल एबम सर्जक सन्तोष शर्मा (आचार्य) ले जित्न सफल भएका छन ।
बागलुङ जिल्ला जैमिनी नगरपालिका १ कुश्मिसेरा मा जन्मिएका सन्तोष शर्मा आचार्य झण्डै १ दशक जती साङ्गितिक क्षेत्रमा संघर्ष गरेका थिए ।
फाल्गुन ७ गते छिमेकी राष्ट्र भारतको नया दिल्ल स्थित एक हाेटलमा आयाेजित फाइनल प्रतिस्पर्धामा उनलाई साे अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि भारतका लागि नेपालका राजदुत डा. शंकर शर्माले कलाकारहरु देश का महत्वपूर्ण गहना भएको भन्दै उनिहरूलाई राज्यले संरक्षण गर्नु पर्ने बताए ।
यस्ता अवार्ड र सास्कृतिक सम्मान कार्यक्रमहरु मार्फत कलाकारहरुलाई अवार्ड तथा सम्मान बितरण गर्नाले अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन, हौसला र उर्जा थपिने उनलेे बताए ।
कार्यक्रममा बहुचर्चित गायक, गायिका, सर्जक, पत्रकार तथा विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।