बुटवल,१० फागुन ।
रूपन्देही जिल्लाका कुल ३ लाख १२ हजार बालबालिकाहरूलाई दादुरा रूबेला बिरूद्वकाे खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीले बिहीबार बुटवलमा आयाेजना गरेको दादुरा–रुबेला खाेप सम्बन्धि पत्रकारसँगकाे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा उक्त कुराकाे जानकारी गराइएको हो ।

नेपाल सरकारले सन् २०१६ को अन्तिम महिना सम्ममा नेपालबाट दादुरा–रुबेला रोग अन्त्य गर्ने लक्ष्य लिएको छ । तर प्रत्येक बर्ष बालबालिकाहरूमा दादुरा र रुबेला रोग देखिँदै आएको छ । यसरी प्रत्येक बर्ष नै दादुरा र रुबेला रोग देखिन थापेपछि यो बर्ष सरकारले ९ महिना उमेर पुगेका देखि १५ बर्ष सम्मका सबै बालबालिकाहरूलाई अनिवार्य रूपमा दादुरा र रुबेलाको खोप प्रदान गरिने भएको छ । जसको अभियान यहि फागुन १३ गते बाट खोप कार्यक्रम सुरुवात हुँदै छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउनको लािग अहिले जिल्लामा अभिमुखिकरण तथा अन्तक्र्रिया कार्यक्रम जारी राखेको स्वास्थ्य कार्यालय रूपन्देहीले जानाएको छ । स्वाथ्य कार्यालय रूपन्देहीका फोकल पर्सन, खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लाका कुल ३ लाख १२ हजार बालबालिकाहरूलाई यो अभियानमा खोप लगाइने छ ।

२ चरणमा अभियान जारी रहेको यो खोप बाट दादुरा–रुबेला खोप प्रदान गरी उक्त रोग निवरणमा समेत योगदान दिने स्वाथ्य कार्यालयका खोप अधिकृत शर्माको भनाइ रहेको छ । पहिलो चरणमा रूपन्देहीका ९ वटा पालिका फागुन १३ बाट खोप लगाउने कार्यक्रम छन् भने अर्को चरणमा फागुन २० देखि २४ सम्म ७ वटा पालिकामा खोप कार्यक्रम जारी हुने छ ।

आर्थिक बर्ष २०७६/७७ मा २९ प्रतिशत ०७७/७८ मा १९ प्रतिशत, ७८/७९ मा ८ प्रतिशत, ०७९/८० मा ५ प्रतिशतब बालबालिका खोप लगाउनबाट रूपन्देहीमा छुटेको सरकारी तथ्यांक छ । यसरी एक जना संक्रमित बालवालिकाबाट १२ जना भन्दा बढि बालबालिका संक्रमित हुने संभावना रहेको कारण पनि खोपलाई प्रभावकारी रूपमा अगाडी बढाएर सबै लक्षित बालबालिकाहरूलाई खोप प्रदान गर्नुपर्ने खोप अधिकृत शर्माको भनाई छ । उनी भन्छन्–‘अघिल्लो बर्ष देशका १७ जिल्लामा महामारी नै फैलिएको थियो, छिमेकी जिल्ला कपिलवस्तुमा महामहारी फैलदा रूपन्देही भने जोगीयो, यो पटक पूर्णरूपमा खोप प्रदान गर्नुपर्ने हुन्छ, हामी लागिपरेका छौ । ’

साविक रहेका खोप केन्द्र, स्वाथ्य संस्थाहरू बोहक यो पटक विद्यालयलाई नै खोप केन्द्र निर्माण गरेर यो अभियान चलाईने भएको छ । रूपन्देहीमा २ हजार २ सय विद्यालयमा खोप केन्द्र बाट खोप प्रदान गरिने छ । जसमा बुटवलमा मात्रै १ सय ६७ वटा विद्यालयमा खोप केन्द्र निर्माण गरिने र त्यहाँबाट खोप प्रदान गरिने स्वाथ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकाल बताउँछन् । देशभरमा ४ वटा जिल्ला अझै पनि पुर्ण खोप जिल्ला बन्न सकेको छैन ।

बेला बेलामा आउने महामारीको कारणले गर्दा सरकारले खोप अभियान चलाउने गरेको हो । खोप केन्द्रमा २ जना स्वाथ्य कर्मी, ३ जना स्वास्थ्य स्वयं सेवक सहितका कर्मचारी परिचालन गरिने छ ।

कार्यक्रममा सहजीकरण गर्दै स्वाथ्य कार्यालय रूपन्देहीका खोप अधिकृत भेषराज शर्माले दादुरा रुवेला खोप राष्ट्रिय अभियान भएकोले जन्मीएको ९ महिना देखि १५ बर्ष मुनिका सबै बालवालिकाहरूलाई अनिवार्य खोप लगाउनुपर्ने बताएका थिए । बुटवल उपमहानरपालिकामा यहि फागुन महिनाको १३ गते देखि २४ गतेसम्म खोप अभियान चल्ने खोप अधिकृत शर्माले जानकारी दिए ।