बिनोद बिष्ट
बुटवल,९ फागुन ।
गायिका शिला गुरुङलाई ईण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८०` प्रदान गरिएको छ ।

सुजन म्युजिक प्रालिको आयोजनामा भएको ईन्डो नेपाल अवार्ड २०८० मा नव गायिका बाट तिम्रो मान्छे कस्तो होलानी (पारिजातको फुल) गीतबाट सर्बाेत्कृष्ठ नव गायिका जुरि अवार्ड पाउन सफल भएकि हुन् । गायिका गुरुङको जन्म घर धादिङ जिल्ला निलकन्ठ नगरपालिका १ पात्लेमा र कर्म घर स्याङ्जा जिल्ला बिरुवा गाउपालिका १ सपौदे भएता पनि उनको साङ्गितिक करियर बुटवल हो ।

गुरुङ्गले बुटवलमा रहेको खस्सौली रोदि क्लबमा काम गर्दै आफ्नो गीत संगीतलाई अगाडि बढाएकी छन । धेरै समय अघिदेखि यो क्षेत्रमा सघष गर्दै आएको बताउछिन गुरुङले थुप्रै लोक गीतमा आवाज दिएकी छन ।

बैमानिको मायाले पारिजातको फुल लाहुरे जाने बेलैमा सानी लगाएतका गीत गाएकी छिन । यि गीत दर्शक श्रोताले मन पराएको उनलेे बताइन् । यो कार्यक्रम भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो।कार्यक्रममा वरिष्ठ गायक सर्जक संगीतकारको उपस्तिथि रएको थियो ।

साेही कार्यक्रम पुन काठमाडौको अनामनगरमा दिल्ली जान न पाएका कलाकारहरुलाई चियापान कार्यक्रम गरि २ दर्जन कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।