पाेखरा,८ फागुन ।
पोखराको एक बालसुधार गृहमा झडप हुदा तीन जना घाइते भएका छन् ।

सोमबार राति पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा भएको झडपमा तीन जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

झडपका क्रममा २ जनाको टाउकोमा चोट लागेको छ भने एक जना सामान्य घाइते छन् ।

हिजो राति १० बजेतिर खाना खाने लाइन लाग्ने क्रममा विवाद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारपश्चात सुधार गृहमा लगिसकिएको छ ।

हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ ।