बुटवल,६ फागुन ।
यही फागुन ११ गतेदेखि प्रदर्शन आउन लागेको चलचित्र ´गाेर्खा वारियर´ काे ट्रेलर आइतबार बुटवलमा पुर्व गाेर्खा सैनिक तथा उनका परिवारबीच सार्वजनिक गरिएको छ ।

मगर चलचित्रकर्मी संघ रूपन्देहीकाे आयोजनामा भएको कार्यक्रममा निर्देशक मिलन चाम्स,निर्माता सुमन राई,नायक रितेश चाम्स,नायीका रेबिका गुरूङ लगायत पुर्व गाेर्खा सैनिक तथा उनका परिवारका सदस्यहरूकाे सहभागीता रहेको थियो ।

नेपाली चलचित्र क्षेत्रकाे इतिहासमा सबैभन्दा धेरै लगानी भएको भनिएको गाेर्खा वारियर पुर्व गाेर्खा सैनिकको भाेगाई र जिवनि समेटिएको छ ।

फिल्मले खर्च उठाउला कि नउठाउला भन्ने जिज्ञासामा निर्माता राईले फिल्मकाे खर्च उठ्छ कि उठ्दैन भन्दा पनि गाेर्खाहरूकाे त्यतिबेलाकाे कथा ब्यथा समेट्न सके कि सकेन भन्ने मात्रै आफ्नो चिन्ता रहेको प्रतिक्रिया दिए ।

फिल्मले पुर्व गाेर्खा सैनिकको २०९ बर्ष पुरानो इतिहासलाई जिवन्त राख्ने विस्वास ब्यक्त गरे ।

कथा हाम्रो,ब्यथा पुर्खाकाे´ स्लोगन दिइएको उक्त चलचित्र बेलायतमा समेत प्रिमियर साे सम्पन्न भएको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

मगर चलचित्रकर्मी संघ रूपन्देही अध्यक्ष अध्यक्ष टीका आलेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा मगर चलचित्रकर्मी संघ रूपन्देही उपाध्यक्ष तुलजीत सारू,राधिका श्रीसलगायतले आ आफ्नो भनाइ राखेका थिए ।