कपिलवस्तु,२१ माघ ।
विश्व क्यान्सर दिवसको अवसरमा कपिलवस्तु अर्वुदरोग (क्यान्सर) निवारण संस्थाकाे आयोजना वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाका ६ बिद्यालयका १० जना छात्र छात्राकाे सहभागीता रहेको प्रतियोगितामा सनलाईट बोडिङ् स्कूल बगदीकी छात्रा सदिक्षा पाण्डेयले प्रथम स्थान प्राप्त गरेकी छिन् भने साेह विद्यालयका छात्र नवनित पाण्डेय द्वित्तिय भएका छन् ।
त्यस्तै बुद्ध ज्योती मा वि की छात्रा कमला भन्डारी तृतिय भइन् भने सिद्धार्थ मा वि की छात्रा ज्योती चौधरीले सान्त्वना स्थान हासिल गरिन् !
कपिलवस्तु अर्वुदरोग (क्यान्सर) निवारण संस्थाका अध्यक्ष राजेश ज्ञवालीको अध्यक्षता र कपिलवस्तु नगरपालिका वडा नं ३ का अक्ष्यक्ष प्रकाश गैरेको प्रमुख आतित्यथामा भएको कार्यक्रममा लायन्स क्लव अफ प्राचिन कपिलवस्तुकका उपाध्यक्ष भगवानदास अग्रहरी,सामाजीक विकास परिषदका अध्यक्ष गंगाधर आचार्य,यशोधरा मा वि का विद्यालय ब्यवस्थापन समिति सदस्य रामप्रित दुबे (बलराम दुबे), प्रेमलता भट्ट, लगाएतले आ आफ्नो भनाइ राखेको संस्थाकी सचिव तथा कार्यक्रम संयोजक इन्दिरा देवकोटा पौडेलले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रकाश गैरेले संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै आफूले सक्दो सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
संस्थाका अध्यक्ष ज्ञवालीले हेरचाहमा हुने असमानताको अन्त्य गरौं भन्ने मूल नाराका साथ यो दिवस मनाईएको भन्दै आगामी दिनमा अर्वुदरोग बारे जनतामा जनचेतनामूलक कार्यक्रम मार्फत अर्वुदरोग न्यूनीकरणमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।
प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा किरण कुमार देवकोटा र सदस्यमा गीता खनाल रहेकाे संस्थाका कार्य समिति सदस्य मोतीराज घिमिरेले बताए ।






