बुटवल,१९ माघ ।
गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले क्यान्सर विरामी अर्जुन थापालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
टाउकोको क्यान्सरबाट ग्रसित मदाने गाउँपालिका वडा नं. ४ का ५२ वर्षीय थापालाई अध्यक्ष कुँवरले २० हजार रुपैंया सहयोग प्रदान गरेका हुन् ।
उनको उपचारमा सहयोग पुर्याउन गाउँपालिकाबाट प्राप्त हुने आर्थिक सुविधा वापतको कोषबाट क्यान्सर ग्रसित थापालाई २० हजार रुपैंया सहयोग प्रदान गरेकाे अध्यक्ष कुवँरले जानकारी दिए ।
नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहेका कुवँरले आफुले गाउपालिकाबाट प्राप्त गर्ने आर्थिक सुविधा पार्टीको खातामा जम्मा हुने व्यवस्था मिलाएका छन् । उक्त रकम पार्टी समितिको निर्णयमा खर्च गरीने र सोही अनुसार समितिको सिफारिसमा क्यान्सर ग्रसित थापालाई २० हजार रुपैंया प्रदान गरिएको उनलेे बताए ।
अध्यक्ष कुँवरले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट प्राप्त हुने आर्थिक सुविधा पार्टीको छुट्टै खातामा जम्मा हुने व्यवस्था मिलाएका हुन् । त्यसरी जम्मा भएको रकम पार्टी समितिले निर्णय गरेर मात्रै खर्च गरिने उनले जानकारी गराए ।






