नवलपुर,१७ माघ ।
बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको बसको ठक्करबाट निधन भएको छ ।

पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा ठक्कर दिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेका पौडेललाई घाइते बनाएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पाैडेललाई तत्काल उपचारका लागि जिल्ला अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए ।

बसचालक २६ वर्षीय विष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।