पाेखरा,१६ माघ ।
पाेखराकाे लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इञ्जिनियरको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेका छन् ।
लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेकाे प्रहरीले जनाएको छ ।
लिफ्टबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उनकाे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।






