नवलपरासी,१४ माघ ।
दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२ चिसापानीमा स्वतन्त्र बिद्यार्थी युनियनको सचिवको नेतृत्वमा २ बुदें माग पत्र पेश गरिएको छ ।

स्ववियु सचिव सन्देश सापकोटाको नेतृत्वमा स्वबियु सदस्य बद्री प्रसाद सुवेदी र ईश्वर पोखरेलले क्याम्पस प्रशासन समक्ष दुई बुदें माग पत्र पेश गरेका हुन् । माग पत्रको पहिलो बुदाँमा समयमै छात्रबृतिको नजिता प्रकाशन र बार्षिक शुल्कलाई वडापत्रमा राख्न माग गरिएको छ ।

स्वबियु सचिव सापकोटा क्रान्तिकारी कम्युनिस्ट पार्टी सम्बद्ध अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक र स्ववियु सदस्यद्वय सुवेदी र पोखरेल एमाले निकट अखिल सम्बद्ध हुन् ।

उनीहरुले २४ घण्टाको अल्टिमेटम सहित क्याम्पस प्रमुख सागरमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएका थिए ।