झापा,१३ माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अगुवाइमा झापाबाट समुदायमा कांग्रेस संवाद अभियान सुरु भएको छ । थापा नेतृत्वको टोलीले शनिबार झापाको भद्रपुरस्थित हुलाकी राजमार्गको प्रवेश विन्दुबाट संवाद यात्रा आरम्भ गरेकाे हाे ।

सडक दुर्घटनामा १५ वर्षमा ३३ हजारको मृत्यु भएको छ । दुर्घटना कम गर्न कसको भूमिका बढी आवश्‘समुदमा कांग्रेस’ अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी भएका छन् ।

महामन्त्री थापालाई मेचीपुलमा पार्टीको झन्डा हस्तान्तरण गरेर बिदाइ गरिएको थियो ।

पार्टी कार्यकर्ता र जनताका गुनासा तथा सुझाव लिन संवाद यात्रा थालनी गरिएको थापाले जनाए । उनले संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र नभइ आम नागरिकसँग प्रत्यक्ष संवाद गरिने जनाए ।

उनले झापाका कुन्जीबारी, खजुरागाछी, चौकीघाट लगायतका क्षेत्रमा संवाद गर्ने छन् ।

माघ २६ गते महाकालीको कञ्चनपुर पुगेर सम्पन्न हुने यात्राका क्रममा हुलाकी राजमार्ग अर्न्तगतका २० बढी जिल्लामा सर्वसाधारणलाई प्रत्यक्ष भेटेर सुझाव समेत संकलन गरिने छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन भावी प्रधानमन्त्रीको रुपमा रहेको भन्दै भने,‘हाम्रो पुस्ताबाट गगन थापा नै प्रधानमन्त्री हुने हो ।’

महामन्त्री थापाले आम नागरिकका सुख दुःख सुन्नका लागि संवाद यात्रा सुरु गरेको जनाए ।

‘देशभरका मजदुर, किसान, रोजगार, बेरोजगार युवा, महिला, जेष्ठ नागरिकका कुरा सुन्ने छु,’ थापाले भने । उनले आफ्नो यात्राले कांग्रेस रुपान्तरणमा सहयोग पुग्ने पनि जनाए ।