बुटवल,१० माघ ।
सर्जक तथा निजामती कर्मचारी लक्षमण पाण्डेको ‘एकान्तमा आँसु खसाए’ सार्बजनिक भएको छ ।
पछिल्लो समयकी बहुचर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायक विक्रम परियारको सुमधुर आवाजमा रहेको गीतमा शब्द तथा लय सर्जक तथा निजामती कर्मचारी लक्षमण पाण्डेको रहेको छ ।
मंगलबार सार्वजनिक म्यूजिक भिडियोमा अहिलेकी चर्चित मोडल स्मारिका ढकाल र अनिल पौडेलले अभिनय गरेका छन भने निर्देशन बिनोद भण्डारीले गरेका हुन् ।
करण चैसिरको छायांकनमा तयार भिडियोको सम्पादन मनोज कार्की गरेका छन् । एल्बम उनको आफ्नै ‘लक्षमण पाण्डे’ युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
गीतको अडियो भिडियो निकै उत्कृष्ट बनेको पाण्डेको दाबी छ ।






