बाग्लुङ, ४ माघ ।
बागलुङमा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ ।
कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।
पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतम रहेका छन् ।
कार्यक्रमका लागि बाग्लुङ पुगेका प्रसाईंमाथि कुटपिटको प्रयास भएको हो ।
प्रसाईंमाथि कुटपिटको प्रयास गर्ने गाैतमले बाग्लुङमा जुत्ता पसल चलाउँदै आएकाे प्रहरीले जनाएको छ । कुटपिट गर्नुको कारण खुलेको छैन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा प्रसाईंले विभिन्न जिल्लामा कार्यक्रम गर्दै आएका छन् ।






