चितवन,२ माघ ।
खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा चितवनमा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार साेमबार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।
सिलिन्डर पड्किदा स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।