स्याङ्जा,१ माघ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै बसकाे ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
माघे संक्रान्तिको दिन बिहान पौने नौ बजे बलामकाे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले
सोही ठाउँका पैदलयात्रु ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






