काठमाडौँ,२५ पुस ।
तनहुँको भिमादमा भएको जिप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा र सेर्काभञ्ज्याङबीचको वरघुम्तीमा दुर्घटनामा परेको हो ।

घाइतेहरूलाई भिमादस्थित सेतीगंगा सामुदायिक अस्पताल र पोखरा लगिएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक उदयराज पौडेलले जानकारी दिए ।

भिमाद नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर थापाले जिप सडकबाट करिब ३ सय मिटर तल खसेको बताए ।