मगर समुदायका छाेराछाेरी लाहुरेकाे तयारी नभएर लाेक सेवाको तयारीमा लाग्नुपर्नेमा जाेड
बुटवल,१० पुस ।
उधौली उभौली पर्व ( मंसिर ) पुर्णिामाको दिन आज बुटवलमा पृतृ बाजी बज्या पूजा सम्पन्न भएको छ ।

नेपाल मगर संघ बुटवल उप-महानगर समितिको आयोजनामा भएको कार्यक्रममा बाेल्ने मगर अगुवाहरूले मगर समुदायका छाेराछाेरी १२ कक्षा पढेपछि लाहुरेकाे तयारी नभएर लाेक सेवा आयाेगकाे तयारीमा लाग्नुपर्नेमा जाेड दिए ।
मगर समुदाय खानपिन र रमाइलोमा बढी समय ब्यतित गर्ने गरेको भन्दै उनिहरूले अब त्यसलाई छाडेर शिक्षा, स्वास्थ्य, ब्यवसायीक तथा सरकारी जागिर खानेतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले मगर समुदाय रमाइलो गर्ने कुरामा अगाडि रहेको भन्दै आफ्नो भाषा,संस्कार र संस्कृतिकाे संरक्षणका साथै शिक्षा,स्वास्थ्य र ब्यवसायीक क्षेत्रमा पनि अग्रसर हुनुपर्नेमा जाेड दिए ।
नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापाले मगर समुदायका छाेराछाेरी १२ कक्षा पढेपछि बिदेश सेनामा भर्ती हुने तयारीमा लाग्ने गरेको भन्दै अब लाहुरे हुने तयारी छाडेर लाेकसेवा आयाेगकाे तयारीमा लाग्नुपर्ने आवश्यकता औल्याइन् ।
मगर समुदायबीच एकता कायम हुन नसक्दा मगर समुदाय आफ्नो हक अधिकारबाट बञ्चित हुनुपरेको भन्दै उनलेे आफ्नो भाषा संस्कार संस्कृतिको संरक्षणका लागि मगर समुदाय एकजुट हुनुपर्ने बताइन् ।
मगर संघ बुटवल उप-महानगर समिति अध्यक्ष बसन्ती साठिघरे मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा तिनाउ गाउपालिकाका उपाध्यक्ष लाल बहादुर थापा,बुटवल वडा नं ८ का वडा अधयज्ञ प्रसाद पंगेनी,नेपाल मगर संघ रूपन्देहीका अध्यक्ष आन बहादुर साेती,मगर संघ बुटवल उपमहानगर समितिका सल्लाहकार गम प्रसाद रेश्मी,नेपाल मगर संघ बुटवलका पुर्व अध्यक्ष थर्क बारघरे मगर,मगर संघ बुटवलका सचिव हेमन्त बुढाथोकी,सहसचिव खिमा राना मगर लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
यसअघि बुटवलको हिलपार्ककाे फेदमा अवस्थित पितृ बाजे बज्या थानमा बाजे बज्या पुजा गर्नुका साथै मगर सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा हजारौं मगर समुदायको सहभागीता रहेको थियो ।






