पाेखरा,१० पुस ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
पाेखराकाे बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले गएराति करिब १ बजेतिर सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका-३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
कार चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कारलाई भने वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।






