बुटवल,८ पुस ।
गायक तथा सर्जक विन खातीको बुद्ध मंगल तालको ऋब्य दृश्य सार्वजनिक भएको छ ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल ऋेष्ठले
पर्यटनलाई जाेडेर ऋब्य दृश्य बनाएकोमा प्रसंसा गरे ।
उनलेे शिक्षा,स्वास्थ्य र पर्यटनलाइ जोड्न सकेनौ भने पछाडि पर्छौ भएका सम्पदालाइ महत्व दिएर स्रोत साधनको सुबिधा उपलब्ध गराएर बाहृय पर्यटकलाइ भित्राउने र लुम्बिनी, रामग्रामबाट आउनेलाइ यहासम्म ल्याउन सके धेरै राम्राे हुने बताए ।
पर्यटकीय, ऐतिहासिक एवम् धार्मिक महत्वकाे यस पवित्र स्थानकाे प्रचार प्रसार गर्नका लागि नगरपालिकाले ३५ लाख रुपैयाँ छुट्याएको भन्दै उनलेे यश क्षेत्रकाे राम्रो प्रचारप्रसार हुन सके अर्थतन्त्र थप चलाएमा बनाउने विश्वास ब्यक्त गरे ।
यश क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकता राखेकाे
भन्दै उनलेे पर्यटकीय क्षेत्रलाई बर्दघाटको समृद्धिमा जोड्न सबै लाइ आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख रुद्रप्रसाद उपाध्याय, वडा नं १२ का अध्यक्ष उमाशंकर चौधरी,पुर्व अध्यक्ष मान बहादुर मल्ल,
पत्रकार महासंघमा नवलपरासीका अध्यक्ष हरि शर्मा, पुर्व अध्यक्ष केशब पराजुली लगायतले आ आफनो भनाइ राखेका थिए ।
अहिलेसम्म ७००,८०० जति गित गाइसकेका उनको हङकङ मलाय मायाले मै टाढा भए नि चिठ्ठी चलाए ,मिर्मिरेको घाम, दियो कलस जस्ता गितहरू ऋोताहरुले निकै मन पराएका थिए ।
बुद्ध मगंल तालको गितमा टिका पहाडी लाइ सम्झदै पवित्र तालमा सुटिङ गरेको उनलेे बताए ।






