रुकुमपश्चिम,५ पुस ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

दुर्घटनामा आठबीसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उहाँकी श्रीमती ४२ वर्षीया लुकी शाही, ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।

घाइते हुनेहरुमा आठबीसकोटकै खड्कबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमारघर्ती, रमा गुरुङ, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन रहेका छन् ।
घाइतेकोहरूकाे नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आठबीसकोट–१० पिरिकोटबाट वडा नम्बर– ८ घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्र्याक्टर घुम्ती मोड्न खोज्दा गएराराति दुर्घटना भएको प्रहरीको भनाइ छ ।