नवलपरासी पूर्व,२५ मंसिर ।
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–४ पिडरीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ बस्ने २४ वर्षको विशाल प्रजा रहेका छन् ।
नदीजन्य पदार्थ बोकेको लु ४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक प्रजाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार नदीजन्य पदार्थ बोकेको ट्याक्टर आफैं अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक जानकारी प्राप्त भएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।






