बुटवल,१७ मंसिर ।
राष्ट्रसेवक बहुउश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । आइतवार रक्तसंचार सेवा केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक नरमाया श्रीसले जनाकारी दिए ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य दीपक शर्मा पौडेलले सहकारीले सामाजिक सेवाभावले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गरेको भन्दै अन्य संघ संस्थाहरूले पनि अनुसरण गर्नुपर्ने बताए । उनले कर्मचारीहरू कार्यक्षेत्रको सेवासँगै अन्य समाजिक क्षेत्रमा समेत सकृय हुने गरेको यस प्रकारका कार्यक्रमले पुष्टी गर्ने उल्लेख गरे ।

सहकारीका अध्यक्ष शालिकराम पाण्डेयले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पर्दै सहकारीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी काम गर्दै आएको बताए । यस क्षेत्रमा रगतको अभाव नहोस भनेर स्थापना दिवसको अवसरमा रक्तदान गरेको उनको भनाइ छ ।

राष्ट्रसेवक बहुउश्यीय सहकारी संस्थाका सचिव राम प्रसाद शर्माको संचालन, रक्तदान कार्यक्रम उपसमिति सदस्य थानेश्वर बस्यालको स्वागतमा भएको कार्यक्रममा सहकारी सदस्यहरू, राष्ट्रसेवक कर्मचारी तथा रक्तदाताहरूको सहभागी रहेको थियो ।