बुटवल,४ मंसिर ।
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये ५ जना अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।
घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । २२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको र उद्धार कार्य अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।









