जाजरकोट,२७ कार्तिक ।
जाजरकोटमा काँग्रेसका एक जना स्थानीय नेता भेरीमा खसेर बेपत्ता भएका छन् । हिजो दिउँसो भेरी नदीमा खसेका काँग्रेस नलगाड नगरपालिका १३ का वडा सभापति केशव मल्ल अझैसम्म फेला नपरेका हुन् ।
हिजो दिउँसो राहत सामग्री बोकेर नलगाड नगरपालिका–१३ मा हेलिकोप्टर ल्याण्ड गर्दा नजिकै रहेका खच्चरको समूह भागदौड हुँदा उनी नदीमा खसेको बताइएको छ ।
साँघुरो बाटोमा हिँडिरहेका मल्ल खच्चरले ठक्कर दिएपछि भेरी नदीमा खसेका हुन् ।