नवलपरासी पुर्व,२६ कार्तिक ।
नवलपसारी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा मृत्यु भएका ७ जनाकै सनाखत भएको छ ।
देवचुली नगरपालिका–९ एसमाेडमा आइतबार भएको दुर्घटना परी मृत्यु हुनेमा नवलपरासी पूर्व बौद्धीकाली गाउँपालिका घर भएका छन् बहादुर आले, बौद्धीकाली लाहटे बस्ने कुमारी राना, माझडाँडा बस्ने टेकमान वानटक्की, बुलिङटार गाउँपालिका घर भएकी १२ वर्षीय करिष्मा ठाडा, मध्यबिन्दु नगरपालिका बस्ने चिरन अर्याल र कावासोती–१६ घर भएका १७ वर्षीय अस्बिन गैह्रे रहेका छन् ।
बौद्धीकाली घर भएका करिब २९ वर्षीय छन् बहादुर आले जिपका चालक हुन् । बौद्धिकाली गाउँपालिका स्थित माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु. १ ज ३२७० नम्बरको जिप गोरेघुम्तिमा दुर्घटना भएको हो ।






