नवलपुर,२६ कार्तिक ।
नवलपरासी पुर्वको देवचुली नगरपालिका-९ मा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको नवलपरासी पुर्वकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।
मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।
जिपमा ७ जना सवार थिए । मृतकको सनाखत भइनसकेको र घटनाकाे बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।






