बाग्लुङ,२१ कार्तिक ।
बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका तर्फ जादै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

ट्याक्सी सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो ।