काठमाण्डाै,१८ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका छन् ।
नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित उनि जाजरकोट प्रस्थान गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि भुकम्प प्रभावित क्षेत्रमा गएका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो क्षति गरेको छ । प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका थिए । उनले घाइतेहरुको तत्काल उद्धार र राहतका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न आग्रह गरेका छन् ।









