स्याङ्जा,१७ कार्तिक ।
कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराई रहेकी छन् ।
शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा खसेका थिए । छोरा बचाउन नदीमा हामफालेकी रीतु गम्भीर घाइते भएकी थिइन् । प्रहरीले कालीगण्डकी नदीबाट आमाछोराको जीवितै उद्दार गरेको थियो ।
नदिमा डुबेर गम्भीर घाइते भएकि रीतुलाई उपचारका लागि मिर्मिको कालीगण्डकी अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह थापाले जानकारी दिए ।
बालक रियान्सलाई भने थप उपचारका लागि पाल्पाको मिमन अस्पताल लगिएको छ ।






