सल्यान,८ कार्तिक ।
सल्यानमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानकाे पुरानछाँप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन् ।
उनको सल्यानकाे बागचौर नगरपालिका ७ कोटबारा स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
केशर र सन्तोषले घनश्यामलाई कार्तिक ४ मा स्थानीय विद्यालयमा भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते घनश्यामको उपचारका क्रममा भारतको लखनउमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कृटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट प्रहरीले पक्राउ गरेको छ । केशर ओली भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए । फरार ओलीको खोजी भइरहेको उनले बताए ।
मृतकका दाई दिपेन्द्र ओलीले कार्तिक ४ गते स्थानीय विद्यालयमा भलिबल खेल्ने क्रममा केशर ओली र सन्तोष ओलीले ‘हामी तेरो दाइ हौँ ढोग गर’ भन्दा खुट्टा नढोगेकै कारण कृटपिट गरेको बताएका छन् ।
‘






