सल्यान,२० असोज ।
सल्यानमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ ।

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानकाे कपुरकोट गाउँपालिका –३ मुलपानी नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकका अनुसार दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् ।

उनका अनुसार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको र उनिहरुको सनाखत हुन सकेको छैन ।

प्रहरी चौकी कपुरकोटबाट गएको प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गररिहेको उनलेे बताए । बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केही सकुशल रहेको एक यात्रुले बताए ।