स्याङ्जा,३० भदौ ।
सामूहिक बलात्कारको आरोपमा स्याङ्जामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेका छन् ।
एक ३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कारको आरोपमा उनिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाका अनुसार भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् ।
पिडितकाे जाहेरीपछि उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।






