सल्यान,३० भदौ ।
घरमा सुतेको अवस्थामा आगलागी हुँदा सल्यानमा आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका २ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापा रहेका छन् ।

शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोमा जलेर आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने खुलेको छैन ।
के कारणले आगलागी भयो भन्ने स्पष्ट नखुले पनि प्रारम्भिक अनुसन्धानमा ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएकोे छ ।