जनकपुर,२६ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा उपचार भइरहेको थियो ।

उनको उपचारका क्रममा आज बिहान साढे ८ बजे निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए ।

यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका रहेको थियो ।