बुटवल,२४ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोला (कञ्चन ) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अगाडि बढाएको भ्रष्टाचार बिराेधि अभियान टुंगोमा नपुग्ने दाबी गरेका छन् ।

सरकारले चालेको भ्रष्टाचार बिरूद्वकाे कदम सकारात्मक भए पनि साे अभियान टुंगोमा नपुग्ने उनको विश्लेषण छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीद्वारा आइतबार बिहान बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै प्रवक्ता बास्तोलाले उक्त कुरा बताएका हुन् ।

नेपालकाे बर्तमान राज्य ब्यवस्था नाेकरशाही दलाल पुजीवादी राज्य प्रणाली भएको भन्दै उनलेे यो ब्यवस्था रहेसम्म भ्रष्टाचार नराेकिने दाबी गरे ।

भ्रष्टाचार गर्नु दलाल पुजीवादकाे अनिवार्य सर्त भएको भन्दै प्रवक्ता बास्तोलाले मुलुकमा बैज्ञानिक समाजवादी ब्यवस्था नल्याएसम्म सुशासन र समृद्धि हाशील हुन नसक्ने बताए ।

नेपालमा संस्थागत भ्रष्टाचार हुने गरेको दाबी गर्दै उनलेे एउटै विमानमा ६/७ अर्ब रूपयाँ कमिशन खाने
वाइडवडि काण्ड,ललिता निवास जग्गा काण्ड,सुन तस्करी काण्ड त्यसको उदाहरण भएको आराेप लगाए ।

मुलुकमा नयाँ किसिमको बैज्ञानिक समाजवाद ल्याउने कार्ययोजनासहित नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीबीच पार्टी एकता भएको बताउदै उनलेे त्यसका लागि क्रान्तिकारी कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्नेमा जाेड दिए ।

समाजवादी माेर्चाकाे कुनै अर्थ नभएको भन्दै उनलेे त्यसले पनि संसदवादलाई संस्थागत गर्ने दाबी गरे ।

दस बर्षे जनयुद्ध नलडेकाे भए गणतन्त्र नआउने दाबी गर्दै उनलेे तर आफुहरूले चाहेको अहिलेको बुर्जुवा गणतन्त्र नभएर जनगणतन्त्र भएको उल्लेख गरे ।

एम सि सि काे दस प्रतिशत रकम एन जि ओ आइ एन जि ओ मार्फत खर्च गर्ने प्राबधान रहेको भन्दै उनलेे त्यसले नेपाली जनतालाई थप बुर्जुवाकरण गर्ने धारणा राखे ।

बाेल्न हुने / नहुने जे भए पनि नेपाल-भारत ब्यापारबारे चिनिया राजदूतले गरेको टिप्पणी यथार्थ भएको बताए ।