काठमाडौँ,१४ असार ।
आगामी मंगलबार र बुधबार मनसुन सक्रिय हुने र कर्णालीबाहेक सबै प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार साँझ मनसुनसम्बन्धी बुलेटिन-१ जारी गरी सतर्कताका लागि सुझाव दिएको हो ।
बुलेटिनमा भनिएको छ,‘असार १६ गते मंगलबार र १७ गते बुधबार नेपालमा मनसुनी गतिविधि बढ्न गई मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।’
हेर्नुहोस् विशेष बुलेटिन







