बुटवल,२३ भदौ ।
महिला हरुको महान पर्व हरितालिका तीजको अवसर पारेर धातिवाङ–रुपन्देही संपर्क समाजले शनिबार बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

अर्घााँखाची जिल्लाको साविक धतिवाङ गाबिस हाल पाणिनी गाउँपालिका वडा नं ६ बाट रुपन्देहीमा आई स्थायी वा अस्थायी रुपमा बेसोबास गर्दै आएकाहरुको भाईचार तथा सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित धातिवाङ–रुपन्देही संपर्क समाजले गरेको तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले अर्घाखाँचीको कला संस्कृतिको संरक्षण, आपसी सद्भाव र रुपन्देही र धतिवाङ लाई जोड्ने पुलको काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धतिवाङ वार्ड ६ का वार्ड अध्यक्ष कृष्ण पौडेलले धातिवाङ बाट रुपन्देहीमा आएर बसेका व्यक्तिहरु बिचमा चिनजान नभएकै कारण गारो साँगुरो पर्दा समस्यामा पर्ने स्थितीको अन्त्य हुनु पर्नेमा जाेड दिए । उनले संस्था स्थापनाले आपसमा जानपहिचानकालागि सहज भएको बताए ।
त्यस्तै संस्थाका संस्थापक अध्यक्ष थानेश्वर पौडेलले माईका थान मन्दिर परिसरमा तीज गित गाउने र नाँच्ने प्रतिस्पर्धा अहिले पनि झलझली आएको स्मरण गर्दै धातिवाङको कला संस्कृति संरक्षणसंगै भेटघाट तथा सद्भाव अभिबृद्धिकालागि पनि तीज मिलन कार्यक्रम गरिएको जानकारी गराए ।
संस्थाका का.बा अध्यक्ष नमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पाणिनी वार्ड ६ बाट निर्वाचित जनप्रतिनिधि हरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।
सास्कृतिक संयोजक गौरी पौडेलले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सह सचिव हरी प्रसाद घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको समाजले जनाएको छ ।






